२०७७ कार्तिक १२ गते बुधवार
२०७७ कार्तिक १२ गते बुधवार

तलब नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका मजदुर आन्दोलित

तुलसीपुर,
२४ वैशाख । तलब माग्दै घोराहीस्थित सगरमाथा सिमेन्टका मजदुरहरु आन्दोलित भएका छन् । जिल्ला प्रहरी प्रबक्ता सुमीत खड्काले काम गरेको पैसा नपाएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएको जानकारी दिए ।

काम गरेको पैसा पाउनु पर्ने माग गर्दै उद्योग भित्रै झन्डै ३ जति सय मजदुरहरु नारावाजी र होहल्ला गर्न थालेको खवर आएपछि प्रहरी पठाइएको डिएसपी खड्काले बताए । उद्योगमा कार्यरत मजदुरहरुले यसअघि लकडाउनका कारण काम नभएपछि घर फर्किन पाउनु पर्ने माग गर्दै आएका थिए ।

तर, बुधवारदेखि भने मजदुरहरु काम गरेको पैसा पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको भन्ने खवर प्राप्त भएको डिएसपी खड्काले बताए । केही दिन अगाडि मात्रै उद्योगवाट भागेर जान थालेका ६ जना भारतीय नागरिकलाई लमहीवाट प्रहरीले नियन्त्रणमा लिएर फेरि उद्योगमै फर्काइदिएको थियो । सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने अधिकाशं कर्मचारी तथा मजदुर भारतीय रहेका बताइएको छ ।