२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

रोल्पामा चट्याङबाट २ जनाको मृत्यु

रोल्पा, 
२५ वैशाख । चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा आज दुई जनाको ज्यान गएको छ ।

चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको ज्यान गएको वडाध्यक्ष अमृत घर्तीले जानकारी दिनुभयो ।

बिहान साढे ८ बजे परेको चट्याङले गहुँ भित्र्याइरहेका विक र ट्वाइलेट जान लागेका पुनको घटनास्थलमै ज्यान भएको हो । झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठा समेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताउनुभयो ।

घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको छ ।