२०७७ मङ्सिर ११ गते बिहिवार
२०७७ मङ्सिर ११ गते बिहिवार

बाँकेमा एक कैदी र रुखको हाँगाले लागेर एक बालिकाको मृत्यु

नेपालगन्ज, 
२५ वैशाख । बाँके जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ का सीताराम वैश्यको भेरी अस्पतालमा उपचारार्थ भर्ना भएकै बेला बिहीबार बिहान २ बजेतिर निधन भएको कारागार प्रशासनले जनाएको छ ।

जेलर देवेन्द्र श्रेष्ठका अनुसार सुगर र प्रेसरका बिरामी उनलाई जण्डिसको उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परिवारलाई जिम्मा लगाइएको छ ।

यसैबिच बाँकेमै बिहीबार बिहान आएको हावाहुरीमा भाँचिएको हाँगाले लागेर बाँकेमा एक जना बालिकाको मृत्यु भएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ गनापुरस्थित बुडियागाउँमा बिहीबार बिहान घरको आँगनमा बसिरहेकी १० वर्षीया बालिका नजिमन खानको हाँगाले लागेर टाउकोमा चोट लागेको थियो ।

उपचारका लागि तत्कालै भेरी अस्पताल लगिए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शिवबहादुर सिंहले बताए ।