सुर्खेत,
२६ वैशाख । हावाहुरीले सुर्खेतको भेरीगंगा नगरपालिका ४ हर्रे चमेरे डाँडामा रहेको नेपाल टेलिभिजन र रेडियो नेपालको टावर ढालेको छ । वर्षासँगै आएको हावाहुरीले रेडियो नेपाल र नेपाल टेलिभिजनको रिले स्टेशनको टावर बिहीबार ढालेको हो ।
हावाहुरीले रेडियो र टेलिभिजनको टावर ढालेर भौतिक क्षति पुर्याएपनि मानविय क्षति भने नभएको रिले स्टेशन हर्रेका प्राविधिक मोहन खत्रीले जानकारी दिए । टेलिभिजन र रेडियो दुवैको टावर भाँचिएकाले प्रशारणमा अवरुद्ध भएको बताइएको छ ।
क्षतिग्रस्त टावर मर्मतका लागि केही समय लाग्ने र त्यसबेलासम्म कुनै वैकल्पिक माध्यमबाट रेडियो प्रशारण गरिने बताइएको छ ।