तुलसीपुर,
२६ वैशाख । दाङको तुलसीपुरबाट लकडाउन उल्लंघन गरेको आरोपमा ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउन उल्लंघन गरी बाटोमा हिँडिरहेका मानिसहरु, सवारी साधन तथा सवारी साधनको चाबी नियन्त्रणमा लिएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता चक्रडमर पालले जानकारी दिए ।
उनका अनुसार १ वटा ट्रक, २ वटा जिप, ३ वटा मोटरसाइकल, २ वटा स्कुटी र विभिन्न सवारी साधनका चाबीहरु गरी १० वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएकाहरुलाई अबदेखि लकडाउनको उल्लंघन नगर्ने सर्तमा २÷३ घण्टा पछि छोडिने प्रवक्ता पालले बताए । नियन्त्रणमा लिएकाहरुलाई सामाजिक दुरी कायम गरी राखिएको समेत उनले बताए ।