२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

राष्ट्रियसभा संसदीय दलको सचेतकमा अनिता देवकोटा चयन

दाङ, 
२६ बैशाख । नेपाली कांग्रेसका सभापति तथा संसदिय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको सचेतकमा संसद अनिता देवकोटालाई मनोनयन गरेका छन ।

नेपाली कांग्रेस संसदिय दलको विधान (संशोधन तथा परिमार्जनसहित,२०७४) को धारा १३ को उपधारा २० बमोजिम रिक्त रहेको संसदिय दलको सचेतकमा दाङ निवासी देवकोटालाई मनोनित गरेका हुन ।

सांसद देवकोटालाई उपलव्ध गराइएको पत्रमा विधान बमोजिम काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक गर्ने विश्वास व्यक्त गरेका छन ।