२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

प्रहरीले पसल भित्रै गएर कुटपिट गरेको भन्दै तुलसीपुरका पसल अनिश्चितकालका लागि बन्द

तुलसीपुर,
२६ वैशाख २६ । प्रहरीले अनावश्यक धरपडक तथा लाठी चार्ज गरेको भन्दै तुलसीपुर बजारका पसलहरु अनिश्चितकालका लागि वन्द आह्वान गरिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले शुक्रवार एक विज्ञप्ति मार्फत तुलसीपुरका क्षेत्रमा अनिश्चितकालिन रुपमा व्यापार, व्यवसाय लगाएत सबै प्रकारका सेवाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

चैत्र ११ गतेदेखि लगडाउन सुरु भएपनि तुलसीपुर क्षेत्रका अतिआवश्यक खाद्यान्न पसलहरु विहान ६ बजेदेखि ९ वजेसम्म खुल्ने गरेका थिए । स्थानीय सरकार र प्रहरी प्रशासनसंगको समन्वयमा अत्यावश्यक पसलहरु खोल्ने गरिएको भएपनि प्रहरीले पसल भित्रै प्रवेश गरि जथाभावी लाठी प्रहार गर्ने गरेको तथा व्यवसायीहरुलाई समेत पक्राउ गरेको वाणिज्य संघले आरोप लगाएको छ ।

आज शुक्रवार विहान प्रहरीले व्यवसायी कृष्णवहादुर पुन, कालु जैसी लगायतको पसल भित्रै प्रवेश गरी कुटपिट गरेको भन्दै बाणिज्य संघले त्यस प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बाणिज्य संघले प्रहरीले अतिआवश्यक ग्यास बोकेका गाडिहरु समेत नियन्त्रणमा लिने गरेको बताएको छ । यो विषयमा संघकापदाधिकारीले शुक्रवार नै तुलसीपुरका प्रहरी प्रमुख हरिहरनाथ योगीसग छलफल गरेका छन् । उनले आइन्दा यो गल्ति नदोहरीने प्रतिवद्धता जाहेर गरेको संघका पदाधिकारीले जानकारी दिएका छन् ।

सरकारले ४२ प्रकारका कामहरु गर्न खुल्ला गरेपनि तुलसीपुरमा प्रहरीले शुक्रवार विहान सम्म तरकारी बोकेका गाडिहरु र गाउँघरवाट तरकारी ल्याएका किसानलाई समेत नियन्त्रणमा लिएको थियो । किसानले प्रहरीले बजारमा सुकिला मुकिलालाई गर्ने व्यवहार र गाउँघरवाट आउने किसानलाई गर्ने व्यवहार फरक भएको भन्दै विरोधगरेका थिए ।

-फाइल फोटो