अर्जुन परियार,
हापुरे २६ बैशाख । बबई गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनबाट १४ दिन कटाएर डिस्चार्ज गरिएको एक परिवारलाई शुक्रवार गाउँपालिकाले राहत दिएर पठाएको छ ।
चितवनको इट्टाभट्टामा काम गर्न गएका बबई ४ हस्तनापुर निबासी धन बहादुर परियारको परिवारलाई गाउँपालिकाले क्वारेन्टाइनबाट राहत सहित डिस्चार्ज गरेको हो। परियारले घरमा खाने कुरा नभएको र लकडाउनमा काम पनि नपाइने भन्दै आफुहरुलाई लकडाउन अबधीभर क्वारेन्टाइनमै राख्न अनुरोध गरेपछि उनको परिवारलाई ५० केजि चामल, २ लिटर तेल र २ पोका नुन राहत उपलब्ध गराएर घर पठाइएको गाउँपालिकाका अध्यक्ष भुबनेस्वर पौडेलले जानकारी दिएका छन् ।
लकडाउनका कारण इट्टाभट्टामा पनि काम नभएर कमाइ नभएको र घरमा पनि खाने चामलको गेडो नभएको बिलौना सुनेपछि चामलसंगै अन्य खाद्य बास्तु दिएर पठाएको गाउँपालिका अध्यक्ष पौडेलले बताए । धनबहादुरको परिवार गत बैशाख १३ गते गाउँपालिकाकै पहलमा इटाभट्टाबाट फर्किएको थियो ।
यसैबिच उनिहरुको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनबाट डिस्चार्ज गर्दा उनको परिवारको पांचै जनाको आरडिटी टेस्ट गरिएको थियो । टेस्टको रिपोर्ट नेगेटिभ आएको बबई कोरोना फोकल पर्सन तथा स्वास्थ शाखा बबईका सहसंयोजक सरदराज गिरिले जानकारी दिए। उनका अनुसार यस अघि १३ जनामा गरिएको आरडिटी टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । योसंगै बबई गाउँपालिकामा जम्मा १८ जनाको आरडिटी टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
गाउँपालिकाले सन्चालन गरेको क्वारेन्टाइनमा अहिलेपनि ८ जनालाइ राखिएको छ । गोरखा र काठमाडौबाट बिहिबार आएका ३ र बिरगंजबाट शुक्रबार आएका ५ जनासहित ८ जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिष्मकुमार मल्लले जानकारी दिए । उनका अनुसार सल्यानका १ जनालाई आश्रय दिइएको र उनलाइ पनि शुक्रबार नै सल्यान पठाइएको बताइएको छ ।