२०७७ माघ ६ गते मङ्गलवार
२०७७ माघ ६ गते मङ्गलवार

प्यूठानमा दुई जनाको र्‍यापिड टेष्ट पोजेटिभ

प्यूठान,
२७ बैशाख । प्यूठानमा दुई जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ ।

प्यूठान नगरपालिका २ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको प्यूठान नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले बताए।

दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको छ, उनले भने, थप जाँचका लागि स्वाव संकलन गरेर पीसीआर गरेपछि पुष्टी हुन्छ । उनका अनुसार पोजेटिभ देखिएका व्यक्ति दुवै जना पुरुष हुन् । उनीहरुको उमेर २० वर्षदेखी ४५ वर्षबीचको रहेको छ ।
क्वारेन्टाइनमा बसेका उनीहरुलाई आज आरडीटी गरेर घर पठाउन लागिएको बेला रिर्पोट पोजेटिभ देखिएपछि पुनः क्वारेन्टाइनमै राखिएको छ ।