शरद रेग्मी,
तुलसीपुर, २७ वैशाख । दाङ जिल्लामा लकडाउनको कार्यान्वयन र यसबिचमा उत्पन्न असहज परिस्थितिको सहजिकरण गर्दै सुरक्षा प्रमुखहरुसगं छलफल भएको छ ।
तुलसीपुर क्षेत्रका अति आबश्यक सेवा अन्तर्गत पर्ने खाधान्नका पसलहरु र सेवा बन्द गर्न नहुने भन्दै यस अघि देखिएको समस्याको समाधान गर्न स्थानिय प्रहरी प्रमुखसगंको छलफल पछि र घटनाको छानबिनपछि शनिबारदेखि बन्द भएका सेवा सुचारु गर्ने निर्णय गरिएको छ ।
लकडाउनको अबसरमा सबैक्षेत्र अस्तब्यस्त भएको अबस्थामा सर्बसाधारणलाई आबश्यक पर्ने अति आबश्यक पर्ने ब्यापार, ब्यबसाय र सेवा निरन्तर सुचारु गर्ने निर्णय भएको हो ।
छलफलमा प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल, तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख नवराज लामिछाने, जिल्ला प्रहरी प्रमुख गणेश चन्द लगायत बाणिज्य सघंका निवर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष, पुर्ब अध्यक्षहरु सल्लाहकार र सघंका अध्यक्ष बिरबहादुर रावत र ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपी हरिहरनाथ योगिको सहभागीता रहेको थियो ।
अर्को सुचना नभए सम्मलाई आईतबारदेखि प्रत्येकदिन बिहान ६ देखि ८ सम्म अति आबश्यक खाधान्नका पसलहरु सन्चालन हुनेछन ।