२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

संक्रमण बढेपछि नेपालगन्जमा स्वाब संकलन तीव्र

नेपालगन्ज, 
२७ वैशाख । बाँकेमा कोरोना भाइरस संक्रमण रोक्‍नका लागि जाँचको दायरा बढाइएको छ । शनिबार पनि स्वाब संकलन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बाहिरबाट ल्याइएका ७ जनाको स्वाब परीक्षण भइरहेको र शनिबार नै रिपोर्ट आउने जानकारी दिए ।

उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा संकलन गरिएको ५६ स्वाब परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको छ । वैशाख २५ गते खजुरा गाउँपालिकाका उढरापुर, सोनपुर, रानीयापुरलगायत स्थानका १७, खजुराका १, नेपालगन्जको बीपीचोकमा ३० र मेडिकल कलेज नेपालगन्जको ८ गरी ५६ जनाको स्वाब संकलन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको जाँच रिपोर्ट नेगेटीभ आएको बताए । यसअघि बुधबार १ सय ८३ जनाको ट्रेसिङ गरिएकोमा १ सय ३६ जनाको स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

गत शुक्रबार एक जनामा कोरोना पुष्टि भएसँगै नेपालगन्जमा संक्रमितको संख्या २४ पुगेको छ । उनीहरु नेपालगन्ज उपमहानगरपालिका ८ का भएको खबर कान्तिपुरमा प्रकाशित छ ।