२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

भारतीय मेकानिकल ईन्जिनियर होटलमा मृत फेला

कपिलवस्तु, 
२७ वैशाख । कपिलवस्तु नगपालिका १ आनन्दवागस्थित एक होटलमा भारतीय नागरिक मृत फेला परेका छन्। भारतको महाराष्ट्र उदयुरका करिब ६२ वर्षीय निर्भय सिंहको होटलकै एक कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक सिंह बुद्धभूमि नगरपालिकामा निर्माण हुँदै गरेको शीत भण्डार गृह निर्माण कार्यमा मेकानिकल ईन्जिनियरको रुपमा केही समय देखि सेवा दिन भारतबाट आएका थिए। विहान अबेरसम्म कोठाबाट बाहिर ननिस्किएपछि होटलको मास्टर चाबीले कोठा खोलेर हेर्दा सिंह मृत अवस्थामा फेला परेको होटल सञ्चालकले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलीहवामा राखिएको छ।