२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

१४ लाख ६० हजार मूल्य बराबरको गुट्खासहित २ पक्राउ

बर्दिया, 
२८ वैशाख । लकडाउनको मौका छोपी खाद्यान्‍न ढुवानीको नाममा मेघाश्री नाम गरेको गुट्खा बोकेको ट्रकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख ७५७८ नम्बरको ट्रकमा १ सय ६० बोरा गुट्खा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

चेक गर्ने क्रममा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए । भ्याट र प्यान बिलसमेत नभएको गुट्खा करिब १४ लाख ६० हजार मूल्य बराबरको रहेको सुनारले जानकारी दिए ।

पक्राउ पर्नेहरु चालक र सहचालक भएकाले सप्लायर्स सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको गुट्खा र ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाउन लागिएको छ ।