२०७७ माघ ११ गते आइतवार
२०७७ माघ ११ गते आइतवार

अम्बिकेश्वरी आविमा २ कोठे पक्की भवन निर्माण कार्य सुरु

शान्तिनगर, 
२९ वैशाख । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ मा अवस्थित अम्बिकेश्वरी आधारभुत विद्यालयमा २ कोठे पक्की भवन निर्माणको काम सुरु भएको छ ।

आइतबार भवनको शिलन्यास वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीले गरेका हुन् । गाउँपालिकाबाट बिनियोजित १८ लाख लागतमा सो भवन निर्माण सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक गफार मियाँले जानकारी दिएका छन् ।