२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

मिलवाट पिठो पिसेर आउँदै गर्दा पूर्वपतीबाट बलत्कृत

सल्यान,
२९ वैशाख । सल्यानमा एकजनाले पूर्वपत्निलाई बाटो ढुकेर जंगलमा बलात्कार गरेका छन् । जिल्लाको शारदा नगरपालिका वडा नं. ८ निवासी ३३ बर्षीय युवकले २३ बर्षीया पूर्वपत्निमाथि शनिवार मध्यान्ह १२ बजेतिर जंगलमा जबरजस्ती बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी छन ।

मिलवाट पिठो पिसेर जंगलको बाटो आइरहेकी उनलाई ती पुरुषले जवरजस्ती करणी गरेपछि फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।आफुमाथि बाटो ढुकेर जंगलमा जवरजस्ती बलात्कार भएको भनी जाहेरी दिने अभियुक्तले कान्छी पत्निको रुपमा ल्याइएकी महिला हुन ।

फरार अभियुक्तकी जेठी पत्निले दिएको जाहेरी पछि उनीहरु दुबैले काराबास सजाए भोगेको प्रहरीले बताएको छ । त्यसपछि सल्यान जिल्ला अदालतले पनि उनीहरुलाई पति पत्निको रुपमा अस्विकार गरिदिएको थियो । कानुनले उक्त विहेलाई मान्यता नदिएपछि उनीहरु आपसमा छुट्टिएका थिए । तर, यही बीचमा ती महिलाका पूर्वपतिले बाटो ढुकेर मिलबाट पिठो पिसाएर जंगलको बाटो हुँदै घर तर्फ फर्किदै गरेकी उनलाई जंगलमा जवरजस्ती करणी गरेको अभियोगसहितको जाहेरी प्रहरीमा दर्ता गराएकी छिन् ।

पीडित महिलाले घटना भएकै दिन शनिवार दिउँसो प्रहरीमा किटानी जाहेरी दिएकी छिन् । प्रहरीले अभियुक्तको नाम भने सार्वजनिक गरेको छैन । बलात्कारको अभियोग खेपेका व्यक्ति फरार रहेको र पक्राउ परेपछि मात्रै नाम सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।