२०७७ कार्तिक ४ गते मङ्गलवार
२०७७ कार्तिक ४ गते मङ्गलवार

क्वारेन्टाइनमा सुत्केरी आमा र दुई शिशुको रिपोर्ट नेगेटिभ

तुलसीपुर,
२९  वैशाख । दाङको तुलसीपुर क्वरेन्टाइनमा जुम्ल्याहा बच्चा जन्माएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी अनिता यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

तुलसी बाल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत यादवको रिपोर्ट नेगेटिभ आएको हो । माईति घर भारतबाट आएकी यादवको पिसिआर विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोभिड —१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा आइतबार साँझ परीक्षण गरिएको हो ।

यादवले शुक्रबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कम तौल भएका जुम्ल्याहा शिशुलाई जन्म दिनुभएको थियो । ती शिशुलाई नवजात अतिसघन कक्षमा राखेर उपचार गर्नुपर्ने भएपछि प्रादेशिक अस्पतालले तुलसी बाल अस्पतालमा सिफारिस गरेको थियो । अहिले जुम्ल्याहा दिदीबहिनीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।