२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

प्रदेश टुडे दैनिकको रक्तदान कार्यक्रम सम्पन्न

तुलसीपुर,
२९ बैशाख । दाङबाट नियमित रुपमा प्रकाशन हुँदै आएको प्रदेश टुडे राष्ट्रिय दैनिकले रक्तदान कार्यक्रम गरेको छ । लकडाउनको समयमा रगतको अभाव अत्यधिक भएको र माग बढिरहेको अवस्थालाई मध्यनजर गरी सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

‘प्रदेश टुडेको नियमित अभियान सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लामा रगतको अभाव हटाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ’ पत्रिकाका सम्पादक गोपाल शर्मा भट्टराईले भने, ‘यो महामारीको अवस्थामा मानवीय सुरक्षा पहिलो हुनुपर्छ भनेर हामीले रक्तदान गरेका छौं । रगतकै कारण मानव जीवन अप्ठेरोमा नपरोस् भन्ने ध्येय पनि हाम्रो हो ।’

पत्रिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा १० प्वाइन्ट रगत संकलन भएको छ । जिल्लामा एक प्वाइन्ट रगतसमेत नभएको एबि पोजेटिभ रगतसमेत त्यस अवसरमा संकलन भएको छ । रक्तदान पत्रिकामा कार्यरत सहकर्मी, पत्रिकाका शुभचिन्तकहरुको सहभागिता रहेको थियो । पत्रिका ब्यवस्थापन पक्षले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय कार्यलाई निरन्तर गरिरहने बताएको छ ।