२०८१ असोज २७ गते आइतवार
२०८१ असोज २७ गते आइतवार

बबईका ४४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

अर्जुन परियार,
२९ वैशाख । गत शनिबार बाराको इट्टाभट्टाबाट आएका बबई गाउँपालिकाका ४९ जना मध्ये ४४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बाराको इट्टभट्टाबाट आएका उनिहरुको पिसिआर जाँचको लागी स्वाब संकलन गरेर बेलझुन्डी कोरोना अस्पतालमा राखिएको थियो । उनिहरुलाई स्वाब संकलन पश्चात बबई गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका मध्य ४४ जनाको रिपोर्ट नेगेटिभ आएको बबई गाउँपालिकाका कोरोना फोकल पर्सन सरदराज गिरीले जानकारी दिएका छन् । स्वाब परिक्षण पश्चात नेगेटिभ रिपोर्ट आएपछि उनिहरुलाई सोमबार नै क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको छ ।

पिसिआर जाँचको लागी ४९ जनाको स्वाब संकलन गरिए पनि ५ जनाको भने रिपोर्ट आउन बाँकी रहेको बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि खड्काले बताए । उहाँका अनुसार रिपोर्ट आएका ४४ जना सहित १४ दिन कटाएका अन्य १४ जनालाई पनि सोमबार नै डिस्र्चाज गरिएको छ । पिसिआर परिक्षणको रिपोर्ट आउन बाँकि ५ जनाको रिपोर्ट पनि मंगलबार दिउँसो सम्म आउने र रिपोर्ट आए पश्चात उनिहरुलाई पनि डिस्र्चाज गरिने बताइएको छ ।

यसैबिच दलित सेवा संघ दाङले बबई गाउँपालिकाको बिपत ब्यबस्थापन कोषमा १० हजार रुपैयाँ सहयोग गरेको छ । दलित सेवा संघका कार्यबहाक अध्यक्ष लिला बिक र सामाजिक परिचालन अधिकृत छबि परियारको उपस्थितीमा गाउँपालिकाका अध्यक्ष भुवनेस्वर पौडेल, उपाध्यक्ष साबित्रा बिस्वकर्मा र प्रमुख प्रशासाकिय अधिकृत भिष्मकुमार मल्ललाई चेक हस्तान्त्रण गरेको छ । दलित सेवा संघले यस अघि आफ्नो कार्यक्षेत्र रहेका तुलसिपुर उपमहानगरपालिका सल्यानको शारदा नगरपालिका र बन्गाड कुपिन्डे नगरपालिका र कालिमाटी गाउँपालिकालाई समेत दश/दश हजारका दरले सहयोग गरेको अधिकृत परियारले जानकारी दिए ।