२०८१ बैशाख १३ गते बिहिवार
२०८१ बैशाख १३ गते बिहिवार

लकडाउनमा पसल खोलेको भन्दै तुलसीपुरबाट २१ व्यापारी पक्राउ

तुलसीपुर, 
३० वैशाख । लकडाउन उलंघन गरेको आरोपमा प्रहरीले २१ जना व्यपारीलाई तुलसीपुर बजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै भन्दा बढी कस्मेटीक पसलका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्ष तथा प्रवक्ता चक्र डम्बर पालले जानकारी दिए ।

प्रहरी निरीक्षक पालका अनुसार जुत्ता पसलका दिपक नेपाली , कस्मेटीक पसलका धना घर्ती, फेन्सीपसलका दुर्गाप्रसाद कडेल, कपडा पसलका मोतिन इद्रेसी, फेन्सी पसलका गोविन्द न्यौपाने, कपडा पसलका खटीजन खातुन, कस्मेटीक पसल शिवभक्त भट्टराई, इलेक्ट्रोनिक्स पसलका गोविन्द बस्याल, कपडा पसलका असोक कुमार नेपाली, सौगात कस्मेटीक पसलका सुशिला कडेल, हार्डवयर पसलका पशुपति शर्मा, दुर्गा वली, खानेपानी फीटीङ पसलका, तिलक चापागाँई, हार्डवयर पसलका ओमप्रकाश चौधरी, छापाखानाका पोषण वली, फर्निचर पसलका डिल्लीबहादुर वली, वर्कसपका मधुप्रसाद शर्मा, डिसी इलेक्ट्रोनिक्सका चुडामणी डाँगी, कस्मेटीक पसलका दिपक केसी, फर्निचरका निरज श्रेष्ठ र कस्मेटीक पसलका अमृता भण्डारी पक्राउ परेका छन् ।

लकडाउनको समयमा पसल खोलेको भन्दै उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ गरिएका सबैलाई ईलाका प्रहरी कार्याल तुलसीपुर राखिएको छ ।