२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

स्वास्थ्य चौकीका कर्मचारीलाई ज्यान मार्ने धम्की

बाँके,
३० वैशाख । बांँकेको खजुरा गांउँपालिका अन्तर्गतको स्वास्थ्य चौकीका कर्मचारीहरुलाई स्थानीय केही ब्यक्तिहरुले ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरुले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

गाउँंपालिकाको सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीय रफी भाटसहितको समुहले कार्यालमा आएर ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले प्रहरीसंग सुरक्षा मागेका हुन् ।

कर्मचारीहरुलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको गालीगलौज गरेको र भाटसहितले कार्यालयमा आई कर्मचारीहरुमाथि अभद्र ब्यवहार गरेको स्वास्थ्य चौकी ईन्चार्ज सुदिप पौडेलले बताए । कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वाताबरण नभएकाले सुरक्षाको प्रत्याभुति दिलाउन धम्की दिनेहरु माथि कानुनी कारवाही गर्न उनीहरुले प्रशासनलाई आग्रह गरेका छन् ।

चौकी ईन्चार्ज पौडेलका अनुसार स्वास्थ्य चौकीमा नजन्मेको बच्चालाई स्वास्थ्य चौकी मै जन्मेको प्रमाणीकरण गरिदिन भनेकोमा आफुले अस्विकार गर्दा धम्की दिएका हुन् । बैशाख २६ गते प्रसुती गराउन आएकी रफि भाटकी श्रीमतीलाई स्वास्थ्य चौकीकी महिला कर्मचारीले सुत्केरी ब्यथा नलागेको भन्दै घर फर्काइदिएका थिए ।

कोरोना भाइरसको संक्रमणको आशंकामा स्वास्थ्यकर्मीहरुले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्य चौकीको सेवा प्रभावित भएको छ ।

यसैबीच इप्रका धनौलीका ईन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले सोनपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले आफुहरु माथि जिउज्यानको सुरक्षा गरी पाउ भन्दै कार्यालयमा निबेदन दिएको र सो उपर अनुसंधान सुरु भएको बताए ।