२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

चलचित्र पत्रकार संघ दाङले रक्तदान कार्यक्रम गर्ने

पूर्ण केसी, 
दाङ ३० वैशाख । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले अनलाईन मिटिङ सम्पन्न गरेको छ । लकडाउनको पालना गर्दै, सामाजिक दुरि कायम राख्दै अनलाइन मिटिङ गरिएको संघका अध्यक्ष शिव पुनले जानकारी दिए ।

अनलाइन मिटिङबाट संघले यहि जेठ ७ गते चलचित्र पत्रकारीता दिवसको अवसरमा रेडक्रसको सहकार्यमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष पुनले बताए । यो संकटको बेला रगतको अभाव हुन नदिन उक्त कार्य गर्न लागीएको उनले बताए । साथै उनले रक्तदान कार्यक्रममा संघमा आबद्ध साथीहरु, अन्य संघ सस्थाका पदाधिकारी, पत्रकार सबैमा आवश्यक सहयोग र उपस्थितिको लागि अनुरोध गरे ।