२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

वीरगञ्जमा चार जना पत्रकारमा पनि कोरोना संक्रमण

वीरगञ्ज, 
३० वैशाख । पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।