२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्यूठानका ११ जनामा आरडीटी पोजिटिभ

प्यूठान, 
३० वैशाख । प्यूठानका ११ जनाको र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण पोजिटिभ देखिएको छ ।

प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिए ।

उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्। उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए ।

यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।