कपिलवस्तु,
३० वैशाख । प्रदेश नं. ५ अन्तर्गत कपिलवस्तुमा एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाईरस संक्रमण पुष्टि भएको खुलेको छ । कपिलबस्तु अस्पताल तौलिहवाकी स्टाफ नर्स रहेकी २५ बर्षीया यूवतीमा संक्रमण देखिएको खुलेको छ ।
मंगलबार मात्रै कपिलवस्तुमा ८ र रुपन्देहीमा ९ जना नयाँ संक्रमित भेटिएका थिए । यो सँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ७० पुगेको छ । अहिले देशभर संक्रमितको संख्या १९१ पुगेको छ ।