बर्दिया,
३० वैशाख । बर्दियाका कोरोना संक्रमितलाई नेपालगञ्जको कोरोना विशेष अस्पतालमा लगिने भएको छ ।
सोमबार कोरोना पुष्टि भएका ती व्यक्तिलाई उपचारका लागि दाङ ल्याउने भनिएपनि अहिले बाँकेको खजुरा नै लैजाने तयारी भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
आज साँझ नेपालगञ्ज लैजाने तयारी भएको उनले बताए । ‘कोरोना विशेष अस्पताल भएको दाङ, नेपालजञ्ज र बुटवलमा खबर गरी समन्वय गरेका थियौं’ उनले भने ‘नेपालगञ्जबाट सकामरात्मक हुनुभयो, हामी त्यहीं लैजाँदै छौं ।’