बुटवल,
३० वैशाख । रूपन्देहीका पहिलो संक्रमित कोटहिमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिए।
आइसोलेसन अस्पतालभित्रै स्पिकरमा गीत बजाएर नाचेको भिडियो सार्वजनिक भएपछि उनी चर्चित भएका थिए।
उनको गत शुक्रबार र सोमबार गरिएको दुबै स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।