२०७८ माघ ६ गते बिहिवार
२०७८ माघ ६ गते बिहिवार

सीमानामा रहेका नेपालीलाई ल्याएर क्वारेन्टाइनमा राख्न आग्रह

काठमाडौं, 
३१ वैशाख । सत्तारुढ नेकपाकी राष्ट्रियसभा सदस्य कोमल ओलीले सीमानामा रहेका नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न सरकारलाई आग्रह गरेकी छन्। बुधबारको राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसद ओलीले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘हिजोदेखि कोरोनाको संक्रमण ह्वात्तै बढ्यो। नेपालको सिमानामा रहेका नेपालीलाई ल्याएर क्वारेन्टाइनमा राख्नुपर्यो। संक्रमित रहेका समुदायलाई सिल्ड गर्न पर्यो।’ उनले सिल्ड गरिने समुदायमा स्वास्थ्य, खाद्यन्नको समस्या समाधान स्थानीय प्रशासन र स्थानीय सरकारमार्फत गर्नुपर्ने बताइन्।