२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

बाँके, 
३१ वैशाख । बाँकेको कोहलपुर १२ को रोणेणी खोला नजिकै सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । नेपालगंञ्ज मेडिकल कलेज कोहलपुरबाट सुत्केरी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुदाँ तीन दिनको बच्चा, सुत्केरी सहित सवारी धनी र डाइभर लगायत सुत्केरीका आफन्त घाइते भएका हुन् ।

प्रहरीका अनुसार उनीहरको अवस्था सामान्य छ । ६ जनाको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा परेकोहरुको नाम ठेगाना भने अझै खुल्न सकेको छैन ।