२०७८ कार्तिक २ गते मङ्गलवार
२०७८ कार्तिक २ गते मङ्गलवार

नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित व्यक्ति भागे

वीरगन्ज, 
३१ वैशाख । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति भागेका छन्।

वीरगन्ज महानगरपालिका श्रोतका अनुसार दुई जना युवकहरू अस्पतालबाट भागेको छन्।

उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए।

वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।