२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

मोटरसाइकल र डेलीभरी भ्यान ठोकिदा एकको मृत्यु

बर्दिया, 
३१ वैशाख । सवारी दुर्घटनामा परी बर्दियाको राजापुरमा एक जनाको ज्यान गएको छ । बर्दिया राजापुर वडा नं. ६ महादेउली निवासी ४५ बर्षिय सोमनाथ थारुको ज्यान गएको हो ।

से ५ प ४३३२ नम्वरको मोटरसाइकल र भे १ च ३४३५ डेलीभरी भ्यान मैलानाला पुल एडभान्स बोडिङ्ग स्कुल नजिकै मंगलवार राती ८ः३० बजेतिर एक आपसमा ठोकिदा मोटरसाइकल गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गुलरिया अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।

डेलीभरी भ्यान र भ्यानका चालक अहिले प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजापुरका डिएस्पी मिन बहादुर घलेले जानकारी दिएका छन् ।

मृतक थारु कोठियाघाटमा पसल संचालन गर्दै आईरहेका थिए।