२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

क्वारेन्टाईनबाटै भागे ८ जना भारतीय नागरिक

गुलरिया, 
३१ वैशाख । बर्दियाको सदरमुकाम गुलरिया स्थित एक क्वारेन्टाइनमा बस्दै आएका ८ जना भारतीय नागरिक बुधबार विहान क्वारेन्टाइनबाटै भागेका छन् । उनीहरु वैशाख ९ गतेदेखि गुलरिया नगरपालिका १० मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रयागपुरको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

बुधबार बिहानै शौच गर्ने बाहाना बनाएर उनीहरु भागेको प्रहरीले जनाएको छ । भागेका भारतीयहरु सदरमुकाम गुलरियासँगै सीमा जोडिएको भारतीय गाउँ चित्तलहवाका हुन् । उनीहरु भगेर आफनै घर गएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । क्वारेन्टाइनमा रहदा उनीहरुको पीसीआर परिक्षण गरिएको थियो । आठै जनाको रिर्पोट नगेटिभ आएको थियो ।

भारतीय पक्षले अनुमति नदिँदा उनीहरु लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । जुम्लामा मजदुरी गरेर घर फर्कर्ने क्रममा उनीहरुलाई सीमावर्ती क्वारेन्टाइनमा राखिएको थियो । लामो समयदेखि क्वारेन्टाइनमा बस्दै आएको भारतीय नागरिकको पीसीआर रिर्पोट नगेटिभ आएपछि घर फर्काउने तयारी गर्दागर्दै हतारिएर उनीहरु भागेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले बताए ।

क्वारेन्टाइनबाट भागे लगत्तै साीमावर्ती गाउँ भारतीय पक्षका जनप्रतिनिधि र सुरक्षा निकायसँग समन्वय गरि उनीहरुको बारेमा जानकारी गराइएको र अहिले उनीहरु भारतीय जनप्रतिनिधि र सुरक्षा निकायको सम्पर्कमा रहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए।