रुपन्देही,
३१ वैशाख । नेपाल आउनका लागि सिमावर्ती क्षेत्रको नौतनवाका विभिन्न विद्यालयका क्वारेन्टाइनमा बसेका झण्डै ५ सय १० नेपालीलाई पहिलो लटमा नेपाल प्रवेश गराइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुधबार बसेको बैठकबाट रुपन्देही जिल्लाको सिमावर्ती क्षेत्रमा क्वारेन्टाइनमा बसेको १४ दिन पुगिसकेकालाई नेपाली नाकासम्म भारतीयको सहयोगमा ल्याइपुर्याउने र यताबाट साधनको व्यवस्था गरिसकिएकोले सम्बन्धित पालिकाले साँझसम्म ल्याउने निर्णय भएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।
तिलोत्तमा नगरपालिकाले बुधबार आउने नेपालीमध्ये २ सय ३३ लाई वडा १४ स्थित मधवलीया मावि र शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा राख्नेछ भने २ सय ७७ लाई सिद्धार्थनगर नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिने घिमिरेले जनाए ।