२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

तुलसीपुरमा व्यापारी पक्राउ पर्ने क्रम रोकिएन

तुलसीपुर, 
१ जेठ । दाङको तुलसीपुर बजारबाट प्रहरीले दुइ जना चालक सहित ८ जना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउन पर्नेमा हार्डवयर पसलका टीकाराम पौडेल, देउराली फेन्सी पसलका श्याम पाण्डे, मालिका टेडर्सका भुपेन्द्र केसी, विशाल सेल्स एण्ड सप्लार्यसका विशाल पुन, फोटोकपी तथा फेन्सी पसलका राजन श्रेष्ठ, चस्मा पसलका माधवराज ज्ञावलीलाई पक्राउ गरेको छ ।

त्यैसैगरी हार्डवयरका सामाना असोरपसार गर्ने लु २ त ५२२६ र रा १ त १६७६ नम्बरको ट्रेक्टर चालक तिलक विक र धनबहादुर परियारलाई पनि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

लकडाउन उलंघन गरेकाले पक्राउ गरेको प्रहरी निरीक्षक शर्माले बताए । पक्राउ परेका सबैलाई दुई घन्टा ईलाका प्रहरी कार्यालयमा राखेर छोडिने प्रहरीले जानकारी दिएको छ । प्रहरीले यस अघि पनि व्यापारी र सर्वसाधरणलाई लकडाउन उलंघन गरेको भन्दै पक्राउ परेकालाई सम्झाई बुझाई छोडेको थियो ।

-फाइल फोटो