कपिलवस्तु,
१ जेठ । बाटोको निकासको विवाद हुँदा एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । शिवराज नगरपालिका वडा नं. ४ गुलरी गाउँमा बाटोको विषयमा दुई परिवारबीच झगडा भएको थियो । सो झगडामा घाइते भइ उपचारका लागि बुटवल लगिएका स्थानीय २८ वर्षीय ओम प्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झगडामा घाइते भएका अन्य २ जनाको बुटवलमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेका २ जनालाई नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धानको काम सुरु गरिएको प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।