२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

राप्ती गाउँपालिका कोरोना संक्रमण रोक्न कठोर बन्ने

तिर्थराज ज्ञवाली, 
देउखुरी १ जेठ । दाङ जिल्ला राप्ती गाउँपालिकाको क्राईसेस म्यानेजमेन्ट कमिटिको विहिवार बसेको बैठकले कोरोना संक्रमण रोक्न कठोर बन्नुपर्ने लगायतका निर्णय गरेको छ ।

सर्बपक्षिय, सर्बदलिय बैठकले सरोकारवालाहरुले लकडाउन थप कडाइ गर्दै उलङ्घन गर्नेलाई कारहिको दायरामा ल्याउन सल्लाह दिइएको छ । साथै बैठकमा विहिवार बेलुका ५ बजेसम्म राप्ती गाउँपालिकाको चार क्वारेन्टाईममा राखीएका ७३ जनाको खाने, बस्ने लगायतको सुरक्षा तथा सर्तकताको बारेमा समेत छलफल गरिएको छ । बैठकले जो कोहि अन्य जिल्ला तथा देशवाट राप्ती क्षेत्रको घरमा आएको भए सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको सम्पर्कमा आई स्वास्थ्य चेकजाच तथा सुरक्षित बसाई गर्न समेत आग्रह गरिएको छ ।

नेपालमा कोरना संक्रमणको अवस्था भयावह बन्दै गएको परिपेक्षमा आगामी रणनिति निर्माणका लागि बैठक बसिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिए । लकडाउनको समय थपीदै गर्दा पछिल्लो समयमा भारतबाट तथा अन्य कोरोना संक्रमित रहेका जिल्लाबाट नागरिकहरु घर फर्कने क्रम बढेपछि राप्ती गाउँपालिकामा विहिवार सर्बपक्षिय बैठक बोलाईएको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सो बैठकमा राप्ती क्षेत्रका क्रियाशिल राजनैतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योग बाणिन्य संघका प्रतिनिधि तथा कार्यपालिकाका सदस्यहरुको सहभागीता रहेको थियो । बैठकमा हालको कोरना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासका वारेमा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी गराउँदै कोरोना कहरको पछिल्लो ब्यवस्थापकीय समस्याको विषयमा जानकारी गराएका थिए ।

आगामी दिनमा वडागत रुपमा गठन भएका संक्रमण नियन्त्रण समितिलाई संक्रिय गराउने, वडागत रुपमा क्वारेन्टाईनको ब्यवस्था मिलाउने, पछिल्लो लगडाउनको उलङघनमा रोक लगाई कडाई गर्ने लगायतका विषयमा निर्णय समेत गरिएको छ ।