२०७८ कार्तिक ५ गते शुक्रवार
२०७८ कार्तिक ५ गते शुक्रवार

संक्रमितलाई उपचारका लागि बेलझुण्डी ल्याइने

दाङ, 
१ जेठ । ५ नं. प्रदेश सरकारले कोरोना संक्रमितको चाप बढ्दै गएको भन्दै संक्रमितहरुको उपचारका लागि दाङको बेल्झुण्डीस्थित कोरोना विशेष अस्पतालमा ल्याउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले बाँके, बुटवल र भैरहवामा विरामीको चाप बढेको अवस्थामा उपचारका लागि बेलझुण्डी लैजाने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बुटवलमा २ सय, भइरहवामा १ सय आइसोलेशन वेड थप्ने र चाप बढेर गए विरामीको उपचारका लागि दाङको बेलझुण्डी लैजाने निर्णय गरिएको हो ।

यस्तै विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार निर्णय समेत भएको छ ।