बुटवल,
१ जेठ । प्रदेश ५ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बैठक आगामी जेठ ९ गते बस्ने गरी आव्हानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले प्रदेश सरकारको नीति कार्यक्रम र बजेट पास गर्ने छ । प्रदेश सरकारले बजेटका विषय विभिन्न सरोकारवालासँग छलफल र सुझाव पनि संकलन गर्ने कार्य गरिरहेको छ ।
यस वर्षको बजेट विशेषगरी प्रदेशका नीति कार्यान्वयन गर्ने र कोरोना विशेष कार्यक्रममा केन्द्रित हुने बताइएको छ ।