२०७८ जेष्ठ ४ गते मङ्गलवार
२०७८ जेष्ठ ४ गते मङ्गलवार

सात वर्षीय बालकसहित थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं, 
१ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण अनुसार बिहीबार साँझ तीन जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौं, दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर, धनुषा निवासी १७ युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या २४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।