२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरमा करेन्ट लागेर एक जना गम्भिर घाईते

तुलसीपुर, 
२ जेठ । तुलसीपुरमा करेन्ट लागेर एक जना घाइते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

घाईते हुनेमा तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निबासी ३० बर्षका मानबहादुर डाँगी रहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

घरमै वाइरीङको काम गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।