तुलसीपुर,
२ जेठ । नेपाली काँग्रेसका पुराना नेता तेजबहादुर बस्नेतको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पिडित वस्नेतको ६६ वर्षको उमेरका काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
मृगौला रोगले पिडित वस्नेत नियमित डायलासिस गर्ने भएपछि काठमाडौंमा बस्दै आएका थिए । उनको शुक्रवार विहान ७ वजे निधन भएको छोरा दिप वस्नेतले जानकारी दिए ।
२०११ सालमा जन्मिएका वस्नेत विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका थिए । राजनीति गर्ने क्रममा उनी लामो समय जेल र हिरासतमा समेत परेका थिए । काँग्रेस वृत्तमा त्यागी नेताका रुपमा चिनिने वस्नेत काँग्रेसको महासमिती सदस्य र क्षेत्रिय सभापति समेत भएका थिए । उनी हेटौंडा सिमेन्ट कारखानाको बोर्ड सदस्य लगायत विभिन्न निकायमा रहेर काम गरेका थिए ।
उनको आजै सितलपुरमा दाँहसस्कार गरिने जनाइएको छ ।