नेपालगञ्ज,
२ जेठ । बाँकेमा थपिएका आठै जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भारतबाट आएको पाइएको छ ।
उनीहरु नरैनापुर गाउँपालिका १, ३ र ५ नम्बर वडाका हुन् । ‘१४१५ दिन अगाडि भारतबाट आएका हुन् । नेपाल प्रवेश गरेको थाहा पाएपछि क्वारेन्टाइनमा ल्याएर राखिएको थियो’ गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भने ।
८ जना फरक फरक समूहमा आएका थिए र दीपेन्द्र प्रावि भवानपुर, नेराप्रावि र कृष्ण प्राविको क्वारेन्टाइनमा थिए । उनीहरुलाई कुनै अस्पताल लैजाने भन्ने टुंगो भइसकेको छ । ‘स्थानीय प्रशासन र स्वास्थ्यकर्मी पर्खिरहेको छु’ उनले भने ।