२०७७ माघ ११ गते आइतवार
२०७७ माघ ११ गते आइतवार

राप्ती प्रादेशिक अस्पतालको अध्यक्षमा न्यौपाने नियुक्त

तुलसीपुर, 
२ जेठ । राप्ती प्रादेशिक अस्पतालको अध्यक्षमा पदमप्रसाद न्यौपाने नियुक्त भएका छन । प्रदेश नम्बर ५ सरकारको मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई ३ वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

प्रादेशिक अस्पतालको अध्यक्ष बन्नका लागि नेपाल सरकारको सेवा निवृत्त कर्मचारी हुनुपर्ने प्रावधान गरिएको छ । न्यौपानेले अमर मावि उरहरीको प्रधानाध्यापक थिए । उनले तिन दिन अघि मात्रै प्रधानाध्यापकबाट राजीनामा दिएका थिए ।