२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

बाँकेमा आज भेटिएका ८ जना संक्रमितलाई दाङ ल्याइँदै

दाङ,  
२ जेठ । बाँकेबाट आठ जना कोरोना संक्रमितलाई दाङ ल्याउन थालिएको छ । आज नरैनापुर गाउँपालिकामा भेटिएका नयाँ ८ जना संक्रमितलाई बाँकेबाट दाङको बेलझुण्डी कोरोना विशेष अस्पतलामा ल्याउन लागिएको छ । बाँकेका प्रहरी प्रबक्ता शिब सिंहले त्यो जानकारी दिएका हुन ।

आइसोलेसन बेडको अभावका कारण बाँकेबाट विरामीहरु दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा पठाउने तयारी भइरहेको उनले बताए । बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा जम्मा २५ वटा आइसोलेसन बेड मात्रै छन् । त्यो यसअघि नै भरिसकेको छ । आइसोलेनस बेडको अभावका कारण विरामीलाई बाँकेवाट दाङ ल्याउन थालिएको हो ।

यसअघि पनि बर्दियाकी ११ बर्षीया बालिकालाई बेलझुण्डी ल्याउन खोज्दा विरोध भएको थियो । त्यसपछि बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतलामै ती बालिकालाई राखिएको थियो । बाँकेवाट ८ जना संक्रमितलाई दाङ ल्याउन लागेको बारेमा स्थानीय प्रशासनले भने अनविज्ञता प्रकट गरेको छ ।