२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रदेश ५ मा संक्रमितको संख्या बढेपछि पाल्पा जेठ ५ सम्म सिल

बुटवल,  
२ जेठ । जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन पाल्पा जिल्लालाई जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरिएको छ ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जिल्लालाई जेठ ३ गते शनिबार बिहान ५ बजेदेखि ५ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो ।

छिमेकी जिल्ला रुपन्देहीमा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पाल्पामा संक्रमण भित्रिन नदिन जिल्ला नै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए ।

‘जिल्ला प्रवेश गर्ने चारै दिशाका नाकाबाट औषधि, एम्बुलेन्स, शव बहानलगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारीसाधन आउन नदिने र औषधि पसल बाहेक कुनै पनि उद्योग व्यवसाय संचालन नगर्ने निर्णय भएको छ,’ प्रजिअ यादवले भने, ‘पाल्पा कोरोना संक्रमित बिरामी फेला परेका रुपन्देही, नवलपरासी र कपिलवस्तुको सीमामा भएकाले त्यहाँबाट हिँडेरसमेत जिल्ला आउन सक्ने भएकाले जिल्ला नै सिल गरेर उच्च सर्तकता अपनाइएको हो ।’

छिमेकी जिल्ला गुल्मीले भने यसअघि नै जिल्ला सिल गर्ने निर्णय गरेको थियो ।