२०७७ माघ ९ गते शुक्रवार
२०७७ माघ ९ गते शुक्रवार

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अस्पताल नै बन्द

कपिलवस्तु, 
२ जेठ । महिला स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि शुक्रबारदेखि कपिलवस्तु अस्पतालको अति आवश्यक सेवा बाहेक सवै सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीसँगै स्वास्थ्य सेवामा खटिएका स्वास्थ्य कर्मचारीहरुको स्वाब परीक्षणको रिपोर्ट नआउने बेलासम्मका लागि अस्पताल बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।

शुक्रबार कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वाब परीक्षण नमूना दिएका छन्। सो को रिपोर्ट नआएसम्म अस्पतालमा ईमरजेन्सी र प्रसुति बाहेकका अन्य सवै सेवाहरु बन्द रहने निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश क्षेत्रीले बताए। अस्पताल कर्मचारीहरुलाई सुरक्षित साथ आआफ्नो ठाउँमा बस्ने र बोलाएका बेला तुरुन्त अस्पतालमा उपस्थिति हुने भनिएको छ।