रुकुम (पश्चिम),
२ जेठ । रुकुम पश्चिममा एकजनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ पानावाङका ४५ बर्षिय प्रताप गिरीको भिरबाट लडेर मृत्यु भएको हो ।
अपरान्ह ४ः३० बजे दाउरा काट्न गएको बेला रुखबाट खसेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । स्थानीय नरबहादुर विकका अनुसार मनघरको भिरबाट एकसय मिटर तल खसेर मृत्यु भएको बताइएको छ ।