२०७७ असोज १५ गते बिहिवार
२०७७ असोज १५ गते बिहिवार

बाँकेका ८ संक्रमितलाई बेलझुण्डी अस्पताल ल्याइयो

दाङ, 
२ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाका ८ जना कोरोना संक्रमितलाई एउटै एम्बुलेन्समा राखेर दाङ स्थित बेलझुण्डी कोरोना अस्पतालमा पुर्याईएको छ । उनीहरुलाई शुक्रबार साँझ दाङ बेलझुण्डी स्थित कोरोना बिशेष अस्पताल बेलझुण्डी पुर्याईएको हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार एम्बुलेन्स चालक खोज्न कठिन भएको हुँदा एउटै एम्बुलेन्समा राखेर दाङ ल्याईएको हो । उनीहरुलाई बाँकेबाट तीन घण्टामा दाङ पुर्याईएको हो ।

बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा रहेका २५ आइसोलेनस बेड मध्य सबै भरिएको हुँदा शुक्रबार नयाँ थपिएका ८ कोरोना संक्रमितलाई दाङ ल्याईएको हो।