दाङ,
२ जेठ । दाङको गढवामा पहिलो पटक दुई युवामा कोरोनाको संक्रमण पुष्टि भएको छ । गढवा गाउँपालिकाका निवासी २३ बर्षीय र ३६ बर्षीय युवामा कोरोना पुष्टि भएको हो ।
उनीहरु दुबैजना केही दिन पहिले भारतवाट आएकाहरु हुन । उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन् ।