२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

गढवाका २ संक्रमितलाई वेलझण्डी अस्पताल ल्याइयो

दाङ, 
३ जेठ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गढवा गाउँपालिकाका २ जनालाई उपचारका लागि कोरोना विशेष अस्पताल बेल्झुण्डीमा ल्याइएको छ ।

ती दुबैलाई शुक्रबार राति ११ बजेतिर गढवाको क्वारेन्टाइनबाट बेलझुण्डी ल्याइएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए । गढवा गाउँपालिका वडा नं. ४ र ५ का ३६ र २३ वर्षका व्यक्तिमा पिसिआर टेष्टमा कोरोना पोजेटिभ देखिएको संक्रमण हो ।

उनीहरु भारतको गोरखपुर र मुम्बइबाट नेपाल फर्किएका थिए। कृष्णनगरबाट एउटा संस्थाको एम्बुलेन्सबाट गढवा ल्याइएको र गढवाबाट स्वाब संकलनका लागी फेरि अर्को एम्बुलेन्समा राखेर लमही स्थित सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वारेन्टाइनमा लगिएको थियो ।

दुवै एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा राखिएको र शनिबार स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।