२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

‘व्यवस्थापकहरू नेता हुन्छन्, तर सबै नेताहरू व्यवस्थापक हुँदैनन्’

भानुभक्त के.सी । 
नेतृत्व कस्तो चुन्ने त्यो सब जनताको हातमा छ, तर जनता चुनाव आएपछि बाउबाजे कम्युनिस्ट भए कम्युनिष्ट, अनि बाउबाजे कांग्रेस भए कांग्रेसको पछि लाग्दै जिन्दाबाद भन्दै हिड्छन । एक लिटर पेट्रोलका लागी युवाहरु झन्डा समाउँछन । के नेतृत्व चुन्ने कुरा हाम्रो कुल देवताको पुजा हो र बाउ बाजेले जे–जे गरे तेहि गर्ने ? फेरि मलाई के पनि थाहा छ भने, मैले यस्तो लेख्दैमा यसो गर्न छोडेर अबबाट जो नेतृत्व गर्न सक्षम छ, उसलाई भोट हाल्ने वाला पनि छैनन् ।

अब कुरा आयो तेसो भए नेता कस्तो छान्ने त भनेर । त्यसको लागी पहिले हामि नेता कसलाई भन्ने त्यो बुझौं । नेता त्यस्तो ब्यक्ति हो, जसले एक परिस्थितिमा निर्दिष्ट लक्ष्यहरूको उपलब्धिको लागि समूह प्रयासमा अरूको व्यवहार र कार्यमा प्रभाव पार्दछ । नेतृत्व व्यवस्थापनको सबै तहहरूमा महत्त्वपूर्ण हुन्छ । शीर्ष तहमा योजनाहरू र नीतिहरू बनाउँदा सहयोग प्राप्त गर्न महत्त्वपूर्ण छ । मध्य र तल्लो तहमा शीर्ष व्यवस्थापनले बनाएको योजना र कार्यक्रमहरूको व्याख्या र कार्यान्वयनको लागि यो आवश्यक छ । नेतामा कुनैपनि कुराको मिसन र तेस मिसन पुरा गर्ने भिजन हुनु जरुरी हुन्छ । नेतामा जन भावना हुनु जरुरी छ, जस्तो अब्राहम लिंकनको एउटा भनाई छ कि, ‘सार्वजनिक भावनाको साथ काम गरे, केहि असफल हुन सक्दैन । तर जनभावना बिना, केहि सफल हुन सक्दैन । तेसैले नेता जहिले पनि जनताको ईच्छा र आकांक्षा अनुसार काम गर्ने हुनु पर्दछ ।’

अब कुरा रह्यो कि, मिसन र भिजन कस्तो हुनु पर्दछ त भन्दा आम नागरिकले बुझ्ने गरी भन्नु पर्दा, जस्तैः कुनै नेताले चुनावको बेलामा म यो गाउँबासी पुरैलाई खानेपानीको व्यबस्था गरिदिन्छु भन्छ, भने त्यो उसको मिसन हो । के उक्त नेतासंग त्यो मिसन पुरा गर्ने भिजन छ त ? भिजन भन्नाले के हुन सक्छ भने, उक्त पानी त्यो गाउँमा कहाँबाट आउँछ तेसको स्रोत के हो ? (सबै अनुमानित) कति ठुलो ट्याङ्कि बन्छ ? कति लिटर अट्ने भयो भने गाउँमा पुग्छ ? उक्त आयोजनाको लागी कति बजेट लाग्छ ? र उक्त आयोजना कहिले सम्म सम्पन्न हुन्छ ? यो सब कुरा नेताको भिजनमा यदि छैन, भने स्रोत बिना पानी ल्याइदिन्छु भनेर आउँछ पानी ? कुनै योजना बिना नै म यो गर्छु र त्यो गर्छु भन्देको भरमा नेता भइदिने । नेता आफैमा सर्बविज्ञ हुन सक्दैन होला, तर उसले चाहेमा विज्ञहरुको टोलि बनाउन सक्छ नि ।

नेता त्यस्तो ब्यक्ति हो, जसले एक परिस्थितिमा निर्दिष्ट लक्ष्यहरूको उपलब्धिको लागि समूह प्रयासमा अरूको व्यवहार र कार्यमा प्रभाव पार्दछ ।’नेतामा कुनैपनि कुराको मिसन र तेस मिसन पुरा गर्ने भिजन हुनु जरुरी हुन्छ । नेतामा जन भावना हुनु जरुरी छ, जस्तो अब्राहम लिंकनको एउटा भनाई छ कि, ‘सार्वजनिक भावनाको साथ काम गरे, केहि असफल हुन सक्दैन । तर जनभावना बिना, केहि सफल हुन सक्दैन । तेसैले नेता जहिले पनि जनताको ईच्छा र आकांक्षा अनुसार काम गर्ने हुनु पर्दछ ।’

यहाँ त जनताको अगाडी बोल्दिनका लागी दुई चार पत्ता घोषणा पत्र छाप्यो, अनी चुनाव जितेर गएपछि त के चाहियो र कुर्सि पाएसी । गापा अध्यक्षले म ५ वर्षमा १०० किम। बाटो कालोपत्रे गर्छु भनेको छ, भने पहिलो १ वर्षमा तेसको २०% काम त हुनु र्पो होला नि तेस्तै दोस्रो वर्ष मा ४०% हुनुपर्यो नि । तर यहाँ त जुनसुकै योजना पनि ३ वर्ष सम्म पनि सुरु पनि हुँदैन त । के त्यो काम सब ५ वर्ष पुग्नको दिन एकैचोटि १०० किमि बन्छ र ? ५ वर्षमा १८२५ दिन हुन्छ र १०० किमि बाटो भनेको १ लाख मिटर हो । तेसैले यदि साँच्चै योजना अनुसार काम गर्ने हो भने, एक दिन मा ५४.८० मिटर बाटो कालोपत्रे हुनुपर्दछ । (हिसाब घटबढ हुन सक्छ यो उदाहरणको लागी मात्रै हो) ठिकै छ हाम्रा नेताहरुसंग यतिका आशा नि नराखौं ल । कमसेकम ५ वर्षमा गर्छु भनेको काम एक वर्षमा हुनुपर्ने बराबरको त गर्नु पर्यो नि ।

हाम्रा देशका माथि देखि तल सम्मका सब नेतामा जनभावना भन्ने तत्व नै छैन । कसैले नेपालको नक्सामा लिपुलेख कहिलै थिएन भन्दिनि, कसैले त्यो जमिन भारतलाइ नै भाडामा दिनु पर्छ भन्दिनि, कसैले दोस्रो जिल्लाको कोरोना संक्रमितलाई मेरो जिल्ला ल्याउन हुँदैन भन्दिनी, कसैले यो वडा का घरमा भाडामा बस्नेहरु वडा भन्दा बाहिरबाट आएमा घरमा बस्न नदिनु भन्दिनि । होइन नेपालमा के भइरहेको होला यस्ता बेलामा पनि कस्तो बैमनश्यता ? संकटको समाधानका लागी त बैज्ञानिक उपाय पो अपनाउने हो त । देश भित्र यस्तो छ अनि भारत जस्ता देशले नेपालीलाई घर जाउ भनि पठाउलान कि नपठाउलान ?

अनि अहिले कोरोनाले विश्व आक्रान्त भएको बेलामा भारतमा पनि संक्रमण तेतिकै बढिरहेको छ । खाडी लगाएत कैयौं देशमा नेपालीहरुको अबस्था अब झन नाजुक बन्दै गैरहेको छ । नेपाल सरकारले कमसेकम अत्यन्त अप्ठेरोमा परेका भारत लगायत अन्य देशका नेपालीलाई उद्दार गर्नै पर्दछ, तर त्यसका लागी खै के छ व्यबस्था ? कति नेपाल भित्रिन सक्छन आँकलन गरि उनिहरु देशमा भित्रिन बित्तिकै परिवारको सम्पर्कमा नआई क्वारेन्टाइनमा बसी परिक्षणपछि मात्र घर जाने व्यवस्थाका लागी कति जना डाक्टर ? कति नर्स ? कति वयवस्थापन टिम ? कति सुरक्षाकर्मि ? कहाँ कति राख्ने ? कुन–कुन स्थानलाइ क्वारेन्टाइन बनाउने ? यो सब प्लान आजै भएन भने स्थिति नियन्त्रण बाहिर जानसक्छ । यसतर्फ सबैको ध्यान जावस । यदि कोरोना कहर अन्य देशमा ठिक भैहाले पनि नेपालमा भने उडानहरु खुले भने जोखिम तेसपछि सुरु हुन सक्छ ।

कसैले नेपालको नक्सामा लिपुलेख कहिलै थिएन भन्दिनि, कसैले त्यो जमिन भारतलाइ नै भाडामा दिनु पर्छ भन्दिनि, कसैले दोस्रो जिल्लाको कोरोना संक्रमितलाई मेरो जिल्ला ल्याउन हुँदैन भन्दिनी, कसैले यो वडा का घरमा भाडामा बस्नेहरु वडा भन्दा बाहिरबाट आएमा घरमा बस्न नदिनु भन्दिनि ।

हाम्रो स्थानीय तहमा के–के तथ्याङ्क संकलन भएको छ त, यति लामो समय सम्म ? जेष्ठ नागरिक कति छन् ? महिला कति छन ? भारत गएका कति छन ? अन्य तेस्रो मुलुक गएका कति छन ? एकल महिला असाहय कति छन ? दिर्घ रोगि कति छन ? गरिब बिपन्न परिवार कति छन ? कोरोना सुरु भए यता भारत लगाएत अन्य मुलुकबाट कति आए ? लगाएतका तथ्याङ्क प्रत्येक गाउँ तथा नपामा हुनुपर्दछ । र मात्रै स्थितिलाइ नियन्त्रण गर्न सजिलो हुन्छ । र यी तथ्याङ्कका लागी ठुलो महाभारत पनि छैन गाउँ–गाउँमा प्रत्यक २५/३० घर बराबर ५ जनाको टिम बनाएर गर्न सकिन्छ । जसका लागी मास्क र पन्जा सहित गाउँका शिक्षक, पार्टिका कार्यकर्ता अनि युवा क्लबका युवाहरुलाइ खटाउन सकिन्छ ।

यो संकटको घडिमा म फेरि पनि के भन्छु भने, योजना पुरा गर्ने भिजन नभई कुनै काम पुरा हुदैन । समय छ सबै मिलेर कोरोना कहर मुक्त हुन तिर एकजुट भएर काम गर्नु पर्दछ । त्यस कारण सबै व्यबस्थापकहरू नेता हुन्छन्, तर सबै नेताहरू व्यवस्थापक हुँदैनन् ।

भानुभक्त के.सी
दाङ, नेपाल
(हाल युएइ)